दफा ३५
कमसल वस्तु जफत हुने वा नष्ट गरिने
(१) दफा ३४ बमोजिम परीक्षणको लागि पठाइएको वस्तुको नमूना प्रयोगशालामा परीक्षण हुँदा त्यस्तो वस्तु तोकिएको मापदण्ड बमोजिम गुणस्तर नभएको ठहरिएमा त्यस्तो वस्तु जफत गरिनेछ र आवश्यकता अनुसार त्यस्तो वस्तु तोकिए बमोजिम नष्ट गरिनेछ ।
(२) उपदफा (१) बमोजिम वस्तुको जफत गरी नष्ट गरिएकोमा त्यस्तो वस्तु जफत वा नष्ट गर्दाको खर्च सम्बन्धित उत्पादक, पैठारीकर्ता वा बिक्रेताले व्यहोर्नु पर्नेछ ।